१३ असार २०८३, शनिबार

एलओडी क्लबका सञ्चालक सुवाल पक्राउ

असार २१, २०८०
काठमाडौं
एलओडी क्लबका सञ्चालक सुवाल पक्राउ
प्रतिकात्मक तस्वीर

काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिम्स (एलओडी) क्लबका सञ्चालक राजुसिंह सुवाललाई प्रहरीले पक्राउ गरेको छ ।

बालबालिकालाई क्लबभित्र प्रवेश गराएको आरोपमा ललितपुर प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो ।

एलओडीमा गएकी १६ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानका क्रममा उनलाई पक्राउ गरेको छ ।

सञ्चालक सुवाललाई काठमाडौं प्रहरीको सहयोगमा बालुवाटारबाट पक्राउ गरिएको परिसरका एसएसपी सिद्धिविक्रम साहले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्