
चन्द्रागिरि नगरपालिकामा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा १ जना शिक्षक पक्राउ परेका छन् ।
बिहीवार चन्द्रागिरि नगरपालिका–१ दहचोकको श्रीकृष्ण माध्यमिक विद्यालयका शिक्षक एकराज पण्डितलाई प्रहरीले पक्राउ गरेको हो ।
पण्डितले ८ कक्षामा पढ्ने छात्रा अस्मिता परियारमाथि कुटपिट गरेको आरोप छ ।
विद्यालयका प्रधानाध्यापक बलराम कार्कीका अनुसार शिक्षक पण्डितले दिउँसो ३ बजे कक्षामा छात्राको कानमा हिर्काएका थिए ।
त्यसरी हिर्काएपछि अस्मिता बेहोस भएकी थिइन् । बेहोस भएकी अस्मिताको ओम समाज अस्पतालमा उपचार जारी छ । अहिले उनको होस खुलिसकेको छ ।