×

NMB BANK
NIC ASIA

मुख्यमन्त्रीको दाबीमा सभामुखले हस्ताक्षर गरेपछि चौतर्फी विरोध

विराटनगर | असार २१, २०८०

NTC
Premier Steels

कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रियामा सभामुख बाबुराम गौतमले स्वतन्त्र सांसदको हैसियतमा हस्ताक्षर गरेपछि चौतर्फी विरोध शुरू भएको छ ।

Muktinath Bank

उनले पदीय मर्यादा विपरीत सरकारलाई समर्थन गरेको भन्दै विरोध शुरू भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई दिएको पत्रमा सभामुख गौतमले छुट्टै हस्ताक्षर गरेका छन् । उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।


Advertisment
Nabil box
Kumari

उनी नेकपा एमालेको समर्थनमा सभामुखमा निर्वाचित भएका हुन् । ‘प्रदेश सभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ । अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन तर मत बराबर भएमा अध्यक्षता गर्न व्यक्तिले आफ्नो निर्णायक मत दिनेछ,’ संविधानको धारा १८६ मा उल्लेख गरिएको छ । 

Vianet communication

गत पुस २८ गते सभामुख भएका गौतमले पहिलो बैठकमै निष्पक्ष हुने बताएका थिए । ‘सभामुखको आसनबाट मैले निष्पक्ष पदमा आसिन हुँदै गर्दा मेरो हालसम्म रहेको दलसँगको आबद्धता यो सभामुख पदको भूमिका निर्वाह गर्ने कार्यकालसम्म आजकै मितिदेखि अलग भएको यस गरिमामय सदनमा घोषणा गर्दछु’ भनेर उनले पहिलो बैठकमा भनेका थिए ।

सभामुखको हस्ताक्षरप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले असन्तुष्टि व्यक्त गरेका छन् । सभामुख आफैंले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रूपमा पेश गर्नु संवैधानिक सर्वाेच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्त विपरीत हुने कोइरालाले फेसबूकमा लेखेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पनि सभामुखको गणना कुनै पनि दलले गर्न नपाउने बताएका छन् । ‘दुवैतिर मत बराबर भएर निर्णय अड्किएको अवस्थामा मात्रै सभामुखले निर्णायक मत दिन पाउने भएकाले सामान्य अवस्थामा उनको गणना कुनै दलले गर्न पाउँदैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

कांग्रेस, माओवादी, समाजवादी र जसपाको गठबन्धनले सभामुख समेत गनेर बहुमतको दाबी गर्नु सरासर अनैतिक र अराजनीतिक भएको कार्कीको टिप्पणी छ । 

सभामुखको नाम लिएर आए मुख्यमन्त्री नै नियुक्त नगर्न प्रदेश प्रमुखसँग आग्रह गरेको एमाले रुष्ट बनेको छ । ‘सभामुखले संसारमा कहीँ नभएको काम गरेर बहादुरी देखाउनुभयो,’ एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘उहाँमाथि विश्वास गर्ने वातावरण छैन ।’

अहिले काठमाडौंमा संविधानविद्हरूसँग छलफल गर्न आएको र भोलिसम्ममा सभामुखको विरुद्धमा नयाँ कदम चाल्ने समेत उनले बताए । 

नवनियुक्त मुख्यमन्त्री थापाले भने सभामुखले विवादमा पर्ने कुनै काम नगरेको बताएका छन् । ‘उहाँ सभामुख मात्रै नभई प्रदेश सभाको सदस्य भएकाले हस्ताक्षर गर्नुभएको हो,’ उनले भने ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x