३० असार २०८३, मंगलबार

यसै वर्ष हुने ३ प्रदेशका चुनावमा लड्न गाउँगाउँसम्म पुग्दै आम आदमी पार्टी

असार २३, २०८०
काठमाडौं
यसै वर्ष हुने ३ प्रदेशका चुनावमा लड्न गाउँगाउँसम्म पुग्दै आम आदमी पार्टी
फाइल फोटो

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले यसै वर्ष हुने ३ प्रदेशको चुनावमा लड्न गाउँगाउँसम्म पुग्ने योजना बनाएको छ ।

भारतका मध्य प्रदेश, छत्तीसगढ र राजस्थान प्रदेशमा यसै वर्ष विधानसभा चुनाव हुँदैछ । त्यसैको तयारीका लागि आप गाउँगाउँसम्म पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आपले गाउँका २० घरका लागि १ पदाधिकारी नियुक्त गरेर प्रचारको काम गरिरहेको छ । पार्टीले गाउँमा जनसंवाद गर्दै जनतासँग निकटता बढाएको छ ।

प्रदेशमा आपले संगठनलाई प्रदेश, जिल्ला, विधानसभा र गाउँ गरी ४ तहमा गठन गरेको छ । चुनावका लागि हरेक गाउँमा ११ सदस्यीय टीम बनाइएको छ । हरेक राज्यमा आपले ५० हजार गाउँमा एकैपल्ट काम गरिरहेको छ । यसका लागि हरेक राज्यमा ५ लाख आधिकारिक कार्यकर्ता र नेता परिचालन भएका छन् ।

चुनावको तयारीका क्रममा आपका कार्यकर्ताले दिल्ली र पञ्जाब मोडलको चर्चा गर्ने गरेका छन् । यी दुवै प्रदेशमा आपको सरकार छ । मुख्यमन्त्री अरविन्द केजरीवालको कामकाजबारे पनि चर्चा गर्ने गरिएको छ ।

आपको नेतृत्वमा हालसम्म भएका कामकाजको प्रचार गरिसकेपछि अन्तिम चरणमा प्रतिबद्धता घोषणा गरिनेछन् । आपले चुनाव जितेका प्रदेशमा बिजुली, पानी, शैक्षिक सुधार लगायतका कार्यक्रम लागू गरिएका छन् ।

आपले उम्मेदवार चयनका लागि सर्वेक्षण समेत गरिरहेको छ ।  उम्मेदवारको लोकप्रियता, छवि र चुनाव जित्ने क्षमतालाई आधार बनाएर सर्वेक्षण भइरहेको छ । चुनाव जितेपछि गर्ने कामको ‘ग्यारेन्टी’ घोषणा गर्न मुख्यमन्त्री केजरीवाल सबै प्रदेशमा पुग्ने बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्