२८ जेठ २०८३, बिहीबार

विपन्न तथा दलितका लागि लहान नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

असार २३, २०८०
सिरहा
विपन्न तथा दलितका लागि लहान नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा
प्रतिकात्मक तस्वीर

लहान नगरपालिकाले आगामी आर्थिक वर्षदेखि नगर क्षेत्रभित्रका गरीब, विपन्न तथा दलितको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।

भारतीय राजदूतावासको सहयोगमा निःशुल्क एम्बुलेन्स सेवा शुरू गर्न लागिएको नगर प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।

‘नगर सभाबाट आव २०८०/८१ मा पनि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न थप बजेट विनियोजन गरिएको छ,’ नगर प्रमुख चौधरीले भने, ‘यस सेवाबाट यहाँका गरीब, निमुखा, असहाय तथा दलित बिरामी पैसाको अभावमा अस्पतालसम्म पुग्न नसक्ने अवस्था अब अन्त्य हुन्छ ।’

निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुने भएपछि नगरभित्रका सुत्केरी तथा गर्भवती महिलालाई नियमित चेकजाँच गर्नको लागि स्वास्थ्य संस्था आउजाउ गर्नलाई सहज हुने विश्वास मेयर चौधरीले व्यक्त गरे । लहान नगरपालिकामा करीब २० हजारभन्दा बढीको संख्यामा विपन्न दलितको बसोबास रहेको तथ्यांक छ ।
 

salt training

कमेन्ट गर्नुहोस्