२९ असार २०८३, सोमबार

कमजोर शक्तिले शासन गर्ने अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छ : पोखरेल

असार २३, २०८०
काठमाडौं
कमजोर शक्तिले शासन गर्ने अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छ : पोखरेल
फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको बताएका छन् । नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चको शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुक निर्माण गर्न सकिने बताए । 

मुलुकमा अहिले कमजोर राजनीतिक शक्ति माओवादी केन्द्रलाई सरकारको नेतृत्व मानेर अघि बढ्नुपर्ने बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न एमालेले चुनावलगत्तै पार्टी बलियो बनाउन मिसन ग्रासरुट अभियान सञ्चालन गरेको स्पष्ट पारे । 

'कांग्रेस पहिलो र एमाले दोस्रो दल छ । माओवादी धेरै तल तेस्रो दलको रूपमा रहेको छ,' उनले भने, 'तर सरकारको नेतृत्व तेस्रो दलले गर्दैछ । के आधारमा भन्दाखेरी नेपाली समाजमा राजनीतिको धुव्रीकरण हुन सकेन । कमजोर शक्तिले शासन गर्ने अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छ ।’

महासचिव पोखरेलले जति धेरै राजनीतिक दल त्यतिधेरै मुलुकमा राजनीतिक अस्थिरता हुने  बताए । नेपाली समाजले अब एउटै बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्