३० जेठ २०८३, शनिबार

नयाँ दलको पनि छिट्टै पुरानो पार्टीहरूको जस्तै हविगत हुनेछ : घनश्याम भुसाल

असार २३, २०८०
काठमाडौं
नयाँ दलको पनि छिट्टै पुरानो पार्टीहरूको जस्तै हविगत हुनेछ : घनश्याम भुसाल
फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नयाँ दलहरूको हविगत पनि पूराना राजनीतिक पार्टीहरूको जस्तै हुने दाबी गरेका छन् । 

पार्टीनिकट कानून व्यवसायीहरूको संगठन ‘समाजवादी पेशागत कानून व्यवसायी संगठन’ले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले दलाल र पूँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको पनि छिट्टै बेहाल हुने उनले बताए । 

दलाल र पूँजीवादले खडा गरेको समस्या समाधान नगरी कुनै पनि राजनीतिक दलहरू अघि बढ्न सक्ने अवस्था नरहेको उनले तर्क गरे । ‘अहिले राजनीतिमा नयाँ भन्ने चिज आइराख्या छ । स्वतन्त्र भन्ने आइराख्या छ । तिनको पनि त्यही हविगत हुन्छ । किनभने ती कसैले पनि यो दलाल र पूँजीवादमाथि प्रश्न उठाएका छैनन्,' उनले भने, 'सुशासनको कुरा उठाएका छैनन्, जसले रोजगारी सृजना हुन्छ । यसतर्फ उनीहरूका पनि मुद्दा केन्द्रित छैनन् ।’

महासचिव भुसालले आफ्नो पार्टीले समाजवाद निर्माणको आधारहरू तय गर्दै अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्