०७ साउन २०८३, बिहीबार

कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज सुरुवाइ हुँदै

असार २४, २०८०
काठमाडौं
कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज सुरुवाइ हुँदै

नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध दायर गरेको रिटमाथि आइतबार सुनवाई हुने भएको छ । 

कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पु¥याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले शुक्रबार सर्वोच्चमा रिट दायर गरेको थियो ।  

सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट दर्ता गराएका थिए । 

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रबार पद तथा गोपनीयताको शपथसमेत गराइसकेका छन् । तर, थापाको मुख्यमन्त्रीमा नियुक्तिको विषय सर्वोच्च अदालतमा पुगेको हो ।

salt training

कमेन्ट गर्नुहोस्