२१ जेठ २०८३, बिहीबार

‘हात्तीछाप’को छायांकन सुरु, फिल्ममा नाम चलेका कलाकारको भीड

असार २४, २०८०
काठमाडौं
‘हात्तीछाप’को छायांकन सुरु, फिल्ममा नाम चलेका कलाकारको भीड

मल्टिस्टारर फिल्म ‘हात्तीछाप’को छायांकन आइतवारबाट सुरु गरिएको छ । 

काठमाडौंको एक ग्यारेजबाट छायांकन सुरु गरिएको यो फिल्ममा नाम चलेका थुप्रै कलाकारहरूको अभिनय रहनेछ । ​

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, विजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रवीन्द्र झा, रियर राई लगायतका कलाकारहरूले यो फिल्ममा अभिनय गर्न लागेका हुन् । 

किरण नेपालीको निर्माण तथा सिमोस सुनुवारको निर्देशनमा फिल्म तयार हुन लागेको हो । छायांकन सुरु गर्नुअघि फिल्मका कलाकारहरूले क्यामेरा पूजा गरेका थिए । 

सामाजिक–कमेडी जनराको फिल्मलाई एक महिना खिचिने निर्माता किरणले जानकारी दिए । १५ दिन काठमाडौं र १५ दिन पोखरामा फिल्मको छायांकन गरिने उनले बताए । 

प्रदीप भारद्धाजको लेखन रहेको फिल्मलाई सुशान्त प्रजापतिले छायांकन गर्दैछन् । 

अभिनेता दयाहाङले फिल्मको कन्सेप्ट आफूलाई निकै मन परेकाले काम गर्न लागेको बताए । 

अभिनेत्री बेनिशाले पहिलो पटक दयाहाङसँग काम गर्न पाउँदा आफू अन्त्यन्तै उत्साहित रहेको बताइन् । 

यसअघि किरण नेपालीको निर्माणमै बनेको फिल्म ‘२ नम्बरी’मा दयाहाङ, सौगात र उपासनाले काम गरेका थिए ।

उक्त फिल्म हिट भएपछि किरणले ‘हात्तीछाप’को निर्माण सुरु गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्