२८ जेठ २०८३, बिहीबार
छलफलबाट बाहिरिए ओली

प्रचण्ड–देउवासँग छलफलपछि ओलीको प्रतिक्रिया– के सहमति भयो पछि देख्नुहुन्छ

असार २४, २०८०
काठमाडौं
प्रचण्ड–देउवासँग छलफलपछि ओलीको प्रतिक्रिया– के सहमति भयो पछि देख्नुहुन्छ

संसद्‍मा जारी अवरोध हटाउन बसेको तीन दलका शीर्ष नेताको बैठकबाट एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।

सिंहदरवारमा आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल सकेर ओली बाहिरिएका हुन् । 

तीन दिलबीच के सहमति भयो भन्ने पत्रकारको प्रश्नमा ओलीले भने–‘पछि देख्नुहुन्छ ।’ राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै संसद अवरोध गरिरहेको छ ।

आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्नै प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले असार २० देखि संसद अवरुद्ध गर्दै आएको छ । 

एमालेको अवरोधका कारण सूचना टाँसेर स्थगित प्रतिनिधि सभा बैठक दिउँसो ३ बजेका लागि राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्