२१ जेठ २०८३, बिहीबार
तीन दलका शीर्ष नेताबीचको छलफल

संसद् अवरोध हटाउन एमाले तयार, प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिने

असार २४, २०८०
काठमाडौं
संसद् अवरोध हटाउन एमाले तयार, प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिने

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । शीर्ष नेताहरूको बैठकपछि बुधवारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बसेको बैठकमा संघीय संसदको अवरोध खुलाउन सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

तीन शीर्ष नेताहरूबीच भएको वार्तापछि प्रधानमन्त्री प्रचण्डले असार १८ गते दिएको आफ्नो अभिव्यक्तिबारे  स्पष्टीकरण दिने सहमतिसँगै एमाले अवरोध खुलाउन तयार भएको हो ।

प्रतिनिधि सभा बैठक आजै दिउँसो ३ बजे बस्दै छ ।

गत बुधवारदेखि प्रमुख प्रतिपक्षी नेकपा(एमाले)लगायतका दलले संघीय संसदका दुवै सदनको बैठक अवरोध गर्दै आएका छन् । 

सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्