
आगामी तीन दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने छ ।
जलसतह सतर्कता तह भन्दा तलै रहने भए पनि बढ्दो हुने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज (सोमवार) ताप्लेजुङ, संखुवासभा, इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक आसपास भई बहने केही स-साना नदीमा बहाव बढ्ने पूर्वानुमान छ ।
यस्तै रसुवा, नुवाकोट, धादिङ, गोरखा, कास्की, लमजुङ, बागलुङ, रुपन्देही, कपिलवस्तु, दाङ, कञ्चनपुर, डडेल्धुरा र आसपास भई बहने नदीमा पनि बहाव बढ्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।
यी क्षेत्र भइ बहने साना नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
असार २५ गते
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 10, 2023
आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेपनि जलसतह बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटिय क्षेत्रमा सतर्कता अपनाइराखौँ। pic.twitter.com/T38hKQIG1K