१० साउन २०८३, आइतबार
शीर्ष नेताबीच फेरि सहमति

संसदमा सम्बोधन गरेर प्रचण्डले अभिव्यक्ति सच्चाउने, अवरोध हटाउन एमाले तयार

असार २५, २०८०
काठमाडौं
संसदमा सम्बोधन गरेर प्रचण्डले अभिव्यक्ति सच्चाउने, अवरोध हटाउन एमाले तयार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली धाएको' भन्ने अभिव्यक्ति सच्चाउने सहमति भएपछि एमालेले संसद् अवरोध हटाउने भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमवार दिउँसो प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलपछि संसद् सुचारू गर्न एमाले राजी भएको हो । प्रचण्डको अभिव्यक्तिको विरोध गर्दै एमालेले असार २० देखि संसद अवरोध गर्दै आएको छ । 

आइतवार पनि यस्तै सहमति भएको केही बेरपछि एमाले पछि हटेको माओवादीले आरोप लगाएको थियो । ‘प्रमुख प्रतिपक्षी दलले हिजो जस्तै बेइमानी गरेन भने संसद् अवरोध हटाउने सहमति भएको छ’ नेपाली कांग्रेसका एक नताले लोकान्तरसँग भने । 

प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएको एमाले पछि हटेपछि संसद सुचारु हुन लागेको हो । पटक पटक सूचना टाँसेर स्थगित प्रतिनिधि सभाको बैठक सोमवार दिउँसो ३ बजे बस्दै छ ।

salt training

कमेन्ट गर्नुहोस्