०७ साउन २०८३, बिहीबार

फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक

असार २५, २०८०
काठमाडौं
फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक

बुद्धि तामाङ अभिनीत फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको फिल्म साउन ५ गतेबाट प्रदर्शनमा आउँदैछ । 

फिल्मको ट्रेलरमा माया प्रेमसँगै सामाजिक कथालाई स्थान दिइएको छ । किरण राईको निर्देशनमा बनेको फिल्ममा बुद्धिसँगै भुवन सिंह राई, सारा लोहोरुङ राई, भिम सेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङ लगायतको अभिनय छ । 

सन्जिब राई निर्माता, प्रयास घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई र टि आर साम्सोहाङ सह–निर्माता छन् । 

पूर्वमा छायाँकन गरिएको फिल्म भुमिसा प्रोडक्सनसंग इस्टन मिडियाको सहकार्यमा निर्माण भएको हो । 

फिल्ममा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत, राजेश पायल राई, मेलिना राई, रचना रिमाल,आयुष प्रधान र निमा तामाङको गायन, सागर अर्यालको ध्वनि संयोजन, मीना कार्कीको श्रृङ्गार, किरण राईको छायांकन तथा सम्पादन, पृष्ठभूमि संगीत शैलेन्द्र बाबु प्रधानको, निर्माण नियन्त्रक प्रयास घिमिरे, कलर अनिल राना, कला निर्देशन विमल लिम्बू र निशान लुइँटेलको रहेको छ । 

भुवन सिंह राईले लेखेको कथालाई भुवन सिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा सम्वाद लेखेका हुन् । फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । फिल्मलाई काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

कमेन्ट गर्नुहोस्