नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमवार संसद बैठकमा माफी नमागेकोप्रति प्रश्न गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको सन्दर्भ कोट्याएर नेता रावलले दलहरू संसद चल्न दिन किन तयार भए भनेर प्रश्न गरेका छन् ।
नेता रावलले सोमवार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘प्रमं प्रचण्डले गलत भनाई फिर्ता लिई जनतासँग माफी माग्नुपर्छ भन्दा ममाथि कटाक्ष गर्दै ‘राजीनामा’ नदिई संसद चल्न दिन्नौं भन्नेहरू आज प्रमंले प्रतिनिधिसभामा ‘राजीनामा दिन्न’ भन्दै ‘दुःख प्रकट’ गर्दा संसद चल्न दिन किन तयार ? गलत भनाई फिर्ता लिई माफी मागेको भए देशको हितमा हुन्नथ्यो र ?’