१३ असार २०८३, शनिबार

माल्टा पठाइदिने भनी ५ लाख ८५ हजार ठगी गरेको आरोपमा १ जना पक्राउ

असार २५, २०८०
काठमाडौं
माल्टा पठाइदिने भनी ५ लाख ८५ हजार ठगी गरेको आरोपमा १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

नेपाल प्रहरीले माल्टा पठाइदिन्छु भनी ५ लाख ८५ हजार ठगी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माल्टामा मासिक १ लाख तलब हुने कम्पनीमा जागिर लगाई दिन्छु भनी ५ लाख ८५ हजार ठगी गर्ने गोरखा पालुङटार नगरपालिका घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने २९ वर्षीय सुस्मा तामाङलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले १ लाख तलब हुने माल्टाको कम्पनीमा जानका लागि ६ लाख लाग्छ भनी ५ लाख ८५ हजार लिएर ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्