
नेकपा एमालेले प्रधानमन्त्रीले गल्ती स्वीकारिसकेकाले संसदमा दिएको स्पष्टीकरणलाई सकारात्मक रुपमा लिएको बताएको छ ।
एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले गल्ती स्वीकारिसकेकाले संसदमा सोमबार दिएको स्पष्टीकरणलाई पार्टीले स्वीकारेको बताए ।
सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले सारमा आफूले त्रुटी गरेको बताएको प्रतिक्रिया दिए । भविष्यमा त्यस्तो कमजोरी नदोहो¥याउने प्रतिवद्धता पनि प्रधानमन्त्रीले गरेको उनको भनाइ थियो ।
‘सारमा उहाँले मैले बोल्ने कुरामा त्रुटि गरेँ, मेरो भावना त्यस्तो थिएन भन्नुभयो, भविष्यमा यस्ता कमजोरी नदोहो-याउने भन्नुभएको छ । यसलाई हामी स्वीकार गर्छौं’, उनले भे, ‘उहाँले गहिराइबाट जवाफ दिन सक्नुभएको छैन । गहिराइबाट जवाफ आएको छैन । उहाँको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएका छौँ ।’