
काठमाडौं, २७ भदौ — अमेरिकाको फ्लोरिडा राज्यमा आएको भयानक इर्मा आँधीका कारण मंगलवार भारी वर्षा र तीव्र हावा चलेको छ । यसक्रममा कम्तीमा ११ जनाको मृत्यु भएको छ । पाँचवटा राज्यमा बत्ती पूरै गएर लगभग ७३ लाख मानिसहरू प्रभावित भएका छन् ।

मंगलवार बिहान इर्मालाई स्तरअवनति गरेर पोस्ट–ट्रपिकल साइक्लोनमा झारिएको छ । टेनेसी र ओहायो उपत्यकामा पानी परिरहेको राष्ट्रिय मौसम सेवाले जनाएको छ ।
इर्मा क्यारिबियन द्वीपसमूहमा विनाश मच्चाउँदै फ्लोरिडा आइपुगेपछि मंगलवार शिथिल भएको छ ।
सोमवार बिहान फ्लोरिडाको ज्याक्सनभिलका सडकहरूमा पानी पसेको थियो र तटवर्ती क्षेत्रमा ठूला तूफान आएको थियो ।
एजेन्सी