०३ असार २०८३, बुधबार

अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुन थाले

असार २९, २०८०
काठमाडौं
अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुन थाले

अनौपचारिक क्षेत्र तथा स्वरोजगारका क्षेत्रमा कार्यरत श्रमिकलाई   योगदानमा   आधारित   सामाजिक     सुरक्षा     कोषमा     आबद्ध  गराउन  सुरु  भएको  छ  ।  सामाजिक सुरक्षा कोष र फेदीखोला गाउँपालिकाबिच अनौपचारिक क्षेत्रका श्रमिक  र  स्वरोगारका  व्यक्तिको  सामाजिक  सुरक्षा  योजना  सञ्चालन  कार्यविधि  अनुसार  लिखित  सम्झौता  भएसँगै औपचारिक रूपमा अनौपचारिक क्षेत्र तथा स्वरोजगारका क्षेत्रमा कार्यरत श्रमिक कोषमा आबद्धता हुन सुरु भएको हो ।

कोषले  ‘अनौपचारिक  र  स्वरोजगार  क्षेत्र  सामाजिक  सुरक्षा  योजना  सञ्चालन  कार्यविधि,  २०७९’  अनुसार  वैशाख  १  देखि  कार्यान्वयनमा  आउनुुपर्ने  भए  पनि  करिब  तीन  महिनापछि  आबद्धता  सुरु  गरिएको जनाइएको छ ।

 श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक औपचारिक समारोहबिच कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीबिच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्