![सशस्त्र प्रहरीमा झण्डै एक हजारलाई रोजगारीको अवसर, क-कसले दिन पाउँछन् दरखास्त ? [विवरणसहित]](https://lktcdn2.prixacdn.net/media/APF_2_DStBwLdggD.jpg)
सशस्त्र प्रहरीले नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ । खुला तथा समावेशी व्यवस्थाअनुसार सशस्त्रले ९३२ जना जवानका लागि दरखास्त आह्वान गरेको हो ।
सशस्त्र प्रहरी बलको मानव स्रोत निर्देशनालयका अनुसार खुला ५०२, अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारी सन्ततिका लागि १९ र समावेशीतर्फ महिला ८२, आदिवासी जनजाति १३२, मधेसी ११५, दलित ६२ र पिछडिएको क्षेत्र २० गरी ९३२ जना जवानका लागि दरखास्त आह्वान गरिएको हो।
असार २९ गते (शुक्रबार)देखि साउन २८ गतेसम्म दरखास्त पेस गर्न सकिने छ। दोब्बर दस्तुर बुझाई साउन २९ गतेदेखि भदौ ३ गतेसम्म दरखास्त बुझाउन सकिने सशस्त्र प्रशरीले जनाएको छ ।
प्रहरी जवानका लागि अनलाइन तथा कार्यालयमा उपस्थित भएर दरखास्त आह्वान दिन सकिनेछ।
यस्तो छ सूचना
