०२ असार २०८३, मंगलबार

बैतडीमा बाजेको कुटाइबाट एउटा नातिको मृत्यु, अर्काको आईसीयूमा उपचार हुँदै

असार २९, २०८०
बैतडी
बैतडीमा बाजेको कुटाइबाट एउटा नातिको मृत्यु, अर्काको आईसीयूमा उपचार हुँदै

बैतडीमा बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाति रेशम साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 

उनका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज बिहान मृत्यु भएको हो । बाजे गणेशकै कुटाइबाट आठ वर्षीय नाति रिजन साउद गम्भीर घाइते भएका छन् ।

उनको कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा आइसीयुमा राखेर उपचार हुँदै छ । 

बिहीवार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका बेला बाजे गणेशले दुवै जनालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने गणेशलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताए। रिजन र रेशमका बुबा कामको सिलसिलामा धनगढीमा छन् । कुटपिटको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्