०६ साउन २०८३, बुधबार
इमर्जिङ टिम्स एसिया कप

कठिन समयमा पाकिस्तान 'ए' विरुद्ध सोमपालको अर्धशतक

असार २९, २०८०
काठमाडौं
कठिन समयमा पाकिस्तान 'ए' विरुद्ध सोमपालको अर्धशतक

एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तान ए विरुद्ध नेपालका सोमपाल कामीले अर्धशतक बनाएका छन् । पाकिस्तानी बलरसामु शुरूआती ब्याट्स्मेन निरीह बनेका बेला उनले ५० रन पुरा गरेका हुन् । 

उनले ७७ बलमा बलमा ५० रन कटाए  । उनले आठ चौका प्रहार गरे ।

श्रीलंकाको कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानी बलरहरूविरुद्ध खुलेर खेल्न सकेनन् । 

अर्जुन साउद र कुशल मल्ल समान १७, गुल्सन झा १३, आशिफ शेख १२, रोहित पौडेल ४, कुशल भुर्तेल र पवन शर्राफ समान १ तथा भीम सार्की शून्य रनमा आउट भएका छन् ।

नेपाल भारत ए, पाकिस्तान ए र यूएई ए रहेको समूहमा छ ।

भारत-पाकिस्तान लगायत टेस्ट राष्ट्रले राष्ट्रिय टीममा स्थान बनाउन नसकेका वैकल्पिक खेलाडी समेटेर 'ए' टीम प्रतियोगितामा सहभागी गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्