०३ साउन २०८३, आइतबार

लम्पी स्किन रोगबारे गरिएका कार्य सदनलाई जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

असार २९, २०८०
काठमाडौं
लम्पी स्किन रोगबारे गरिएका कार्य सदनलाई जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन
devraj ghimire

सभामुख देवराज घिमिरेले गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगको रोकथामबारे सरकारले गरिरहेको कार्यहरू सदनलाई जानकारी गराउन निर्देशन दिएका छन् । शुक्रवार संसद् बैठकको विशेष समयमा सांसदहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यसबारे सदनमा जानकारी दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका हुन् । 

'​लम्पी स्किन रोगबारे विगतका बैठकदेखि आज पनि कुरा उठिरहेको छ । यसबारे स्पष्ट पार्न र सरकारले रोकथामका लागि गरेका कार्यहरू संसद्लाई जानकारी दिन निर्देशन दिन्छु,' उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्