२७ असार २०८३, शनिबार

युक्रेनलाई नेटोको सदस्यता दिँदा विश्वव्यापी तनाव बढ्ने रूसी राष्ट्रपति पुटिनको दाबी

असार २९, २०८०
काठमाडौं
युक्रेनलाई नेटोको सदस्यता दिँदा विश्वव्यापी तनाव बढ्ने रूसी राष्ट्रपति पुटिनको दाबी
फाइल तस्बिर

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नेटोमा सामेल गर्ने हो भने यसले विश्वलाई थप असुरक्षित बनाउने बताएका छन् । ​​

पुटिनले लिथुआनियामा भएको शिखर सम्मेलनको एक दिनपछि पत्रकारहरूसँग कुरा गर्दै युक्रेनलाई नेटोमा सामेल गर्दा यसले विश्वलाई थप असुरक्षित बनाउने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 'मलाई विश्वास छ कि यसले युक्रेनको सुरक्षालाई बढाउँदैन र समग्रमा विश्वलाई अझ बढी असुरक्षित बनाउँदैन र अन्तर्राष्ट्रिय क्षेत्रमा थप तनाव निम्त्याँदैन ।'

राष्ट्रपति पुटिनले युक्रेनमा सैन्य अभियान सुरु गर्नुको एउटा कारण कीभलाई गठबन्धनमा सामेल हुनबाट रोक्नु भएको समेत बताए ।

salt training

कमेन्ट गर्नुहोस्