०३ असार २०८३, बुधबार

मधेसीको हक अधिकारका लागि माओवादी प्रतिबद्ध– प्रचण्ड

कात्तिक २०, २०७४
मधेसीको हक अधिकारका लागि माओवादी प्रतिबद्ध– प्रचण्ड


सप्तरी, २७ भदौ - पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी परिर्वतनको संवाहक रहेकाले प्रदेश नं २ मा आफ्नो पार्टीलाई विजय गराउन आग्रह गरेका छन् ।
prachanda
उनले आज सप्तरीको राजविराजमा पार्टीका कार्यकर्ता तथा प्रदेश नं २ अन्र्तगत सप्तरीका स्थानीय तहका उम्मेदवारसँगको भेटमा मधेसीको हकहित र अधिकारको लागि आफ्नो पार्टी सदैव लड्ने र लागि पर्ने भएकाले मधेसी जनताले आफ्नो पार्टीलाई बिर्सन नहुने बताए ।

उनले मधेसको पक्षमा वकालत गर्ने ठूला पार्टीहरु नै मधेसको विरोधी रहेको आरोप लगाउँदै आफ्ना नेता तथा कार्यकर्ताहरु मधेसका जनताबीच पार्टीको एजेन्डा लिएर जानुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्