३० असार २०८३, मंगलबार

डोलेश्वर घुम्न आउने धार्मिक पर्यटक बढेसँगै आम्दानी पनि बढ्यो

असार ३०, २०८०
काठमाडौं
डोलेश्वर घुम्न आउने धार्मिक पर्यटक बढेसँगै आम्दानी पनि बढ्यो
फाइल तस्बिर

साउने सोमवारको मेलालाई मध्यनजरगरी भक्तपुरको डोलेश्वर मन्दिरमा तयारी तीव्र पारिएको छ । डोलेश्वर संरक्षण समितिको तर्फबाट साउने मेलालाई लक्षितगरी तयारी अन्तिम चरणमा पुर्‍याइएको हो । 

मेलामा आउने पर्यटक र भक्तजनहरूलाई चाँडो दर्शन गर्ने व्यवस्था मिलाउन समितिको तर्फबाट काम भइरहेको अध्यक्ष धर्मराज बस्नेतले बताए । उनले साउने मेलाको पूर्वसन्ध्यामा रहेकाले साउन १ गते सोमवारको मेलाका लागि सबै तयारी लगभग सकिएको उनको भनाइ छ । 

डोलेश्वर महादेव केदारनाथको शिर भएकाले पनि पछिल्लो समय भारतीय र विश्वमा रहेका हिन्दु भक्तजनहरू उल्लेख्य आउन थालेको उनले बताए । उनका अनुसार पर्यटकीय गन्तव्यस्थल भएकाले पनि डोलेश्वर घुम्न आउनेको संख्या पछिल्लो समय बढेको छ । पर्यटको वृद्धिसँगै सुर्यविनायक नगरपालिका वडा नम्बर ८ को आर्थिक आय आर्जनमा समेत उल्लेख्य सहयोग पुगेको उनको भनाइ छ ।

अध्यक्ष बस्नेतले मन्दिरमा पछिल्लो केही महिना यता मासिक डेढ लाखसम्मको भेटी, दक्षिण र दान प्राप्त हुने गरेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्