३० जेठ २०८३, शनिबार

राजीनामाको घोषणा गर्दै के-के भने डिआइजी सिलवालले ? (पूर्णपाठ)

कात्तिक २०, २०७४
राजीनामाको घोषणा गर्दै के-के भने डिआइजी सिलवालले ? (पूर्णपाठ)


काठमाडौँ, २७ भदौ - प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

प्रहरी महानिरीक्षकमा नियुक्तिमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतले उनले दायर गरेको रिट निवेदन आज खारेज भएपछि प्रेस विज्ञप्ति जारी गरी सिलवालले आजैका मितिबाट प्रहरी संगठनबाट अलग हुने घोषणा गरेका हुन् ।

आफू कानूनको रक्षकका रुपमा प्रहरीमा कार्यरत रहेको तर कानूनी र राजनीतिक निर्णयबाट आफूलाई अन्याय परेको उल्लेख गर्दै उनले सरकारले विश्वास नगरे पनि जनता र जवानहरु माझ आफ्नो छबी कायम भएको दाबी पनि गरेका छन् । उनले भनेका छन् , ‘प्रहरीमाथि राजनीति गर्ने वा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहेसम्म कानूनी राज्य स्थापित हुन सक्दैन ।’silwal (2)silwal (1)

salt training

कमेन्ट गर्नुहोस्