२६ असार २०८३, शुक्रबार

लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेश

असार ३०, २०८०
बुटवल
लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेश
फाइल फोटो

लुम्बिनी प्रदेशसभामा शनिवार दुई वटा विधेयक पेश भएका छन् । दोस्रो अधिवेशनको १९ औं बैठकमा एक विधेयक फिर्ता भएको छ । 

प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मुख्यमन्त्री डिल्लीबहादुर चौधरीकोतर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री सन्तोष पाण्डेयले प्रदेशसभाका पेश गरेका हुन् ।

यस्तै, स्वास्थ्य मन्त्री राजु खनालले पेश गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलका लागि पेश भएको छ ।

एक विधेयक भने फिर्ता भएको छ ।

लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेको थियो । सो विधेयक प्रदेश सरकार फिर्ता लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्