
नुवाकोटको ककनी गाउँपालिकाले भोलिबाट बन्चरे लयान्डफिल साइटमा फोहोर विसर्जन गरेवापत प्रति सवारीसाधन १ हजार ५ सयसम्म रुपियाँ लिने निर्णय गरेपछि त्यसको विरोधमा टोखा नगरपालिका र फोहोरमैला व्यवस्थापन संघले आज सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ ।
टोखा र संघको शनिवार छुट्टाछुट्टै बसेको बैठकले ककनी गाउँपालिकाविरुद्ध मुद्दा दायर गर्ने जनाएको हो ।
फोहोरमैला व्यवस्थापन ऐन–२०६८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत ककनी गाउँपालिकाले शुल्क उठाउने निर्णय गरेकोले उक्त निर्णयविरुद्ध रिट दायर गर्न लागिएको हो । संघका तर्फबट अधिवक्ता पदमबहादुर श्रेष्ठले रिट दायर गर्न लागेका छन् भने टोखा नगरपालिकाको तर्फबाट नगरपालिका आफैंले रिट दायर गर्न लागेको खबर नेपाल समाचारपत्रमा खबर छ ।