०८ असार २०८३, सोमबार
बाढी पूर्वानुमान

दोलखा र सिन्धुपाल्चोक आसपासका नदीमा बहाब बढ्ने, कहाँ-कहाँ छ बाढीको जोखिम ?

असार ३१, २०८०
काठमाडौं
दोलखा र सिन्धुपाल्चोक आसपासका नदीमा बहाब बढ्ने, कहाँ-कहाँ छ बाढीको जोखिम ?

आज (आइतवार) दोलखा र सिन्धुपाल्चोक आसपास भई बहने केही स-साना नदीमा बहाव उल्लेख्य बढ्न सक्ने सम्भावना छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार यी दुई जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता आवश्यक रहेको छ । 

साथै संखुवासभा, रामेछाप, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ र रोल्पा, दार्चुला आसपास भई बहने नदीहरूमा बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ । यी क्षेत्र भइ बहने साना नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले आऊ्रह गरेको छ । 

आगामी ३ दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने पूरु्वानुमान छ । तर, जलसतह बढ्दो हुने रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाइराख्न महाशाखाले आग्रह गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्