
भारतीय आयल कर्पोरेसन (आईओसी) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको मूल्य बढेर आएको छ ।
नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको मूल्य २ रुपैयाँ ४७ पैसा बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसनले निगमलाई १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ ।