२८ असार २०८३, आइतबार

सहकारीको यो अवस्था आउनुमा राज्य जिम्मेवार छ, बचतकर्ताको रकम तत्काल फिर्ता होस्– गगन थापा

असार ३१, २०८०
काठमाडौं
सहकारीको यो अवस्था आउनुमा राज्य जिम्मेवार छ, बचतकर्ताको रकम तत्काल फिर्ता होस्– गगन थापा
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी समस्या समाधानका लागि कार्यदलले दिएको सिफारिस कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आइतवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा महामन्त्री थापाले सहकारीको अहिलेको समस्या आउनुमा राज्यको समेत कमजोरी रहेको बताएका हुन् । 

‘केही दिन अघिसम्म हामी सांसदको घरघरमा सहकारी पीडितको रुआवासी हुन्थ्यो, त्यो अहिले मण्डलमा सरेको छ । पीडतहरूको आवाज हामीले सुन्नु पर्छ । यो समस्या आउनुमा एकहदसम्म जिम्मवार राज्य पनि हो’ गगनले भने, ‘जुन निकायले अनुमन नगर्दा यो अवस्था आयो, काम लगाउनु पर्ने, रिवन काटेर बसे । धेरै कुरा भत्किएपछि अध्ययन कार्यदल बनिसकेको छ, सोमबार प्रतिवेदन बुझाइसकेको छ, अरु बुँदा कार्यान्वयन हुँदै जालान् । जसको रकम बचतकर्ताको रकम फिर्ताका लागि आजैबाट प्रारम्भ गरियोस् हामी न्याय पाएको समाचार सुन्न चाहन्छौं ।’ 

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेता अर्जुननंसिह केसी लगायतले पनि संसदमा सहकारी पीडितको आवाज उठाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्