३० असार २०८३, मंगलबार

जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु

असार ३१, २०८०
काठमाडौं
जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु
फाइल फोटो

जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरू ११ वर्षीय सुशील गुरुङ तथा छ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

जङ्गली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।

उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्