०३ असार २०८३, बुधबार

पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ—मुग्लिन सडक खुल्यो

कात्तिक २०, २०७४
पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ—मुग्लिन सडक खुल्यो
चितवन, २८ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार बेलुका सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक सुचारु भएको छ ।

रातभर पहिरो पन्छाएर बिहान १ बजेदेखि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ । 

सो सडक खण्डमा मंगलबार साँझ ७ः४० बजे चट्टानसहितको पहिरो खसेको थियो । पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगेको थियो । 

पहिरो खसेको ठाउँ नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्दछ । सोमबार राति परेको पानीले सडक हिलाम्ये भएपछि सो सडकखण्डमा सवारी चाप बढेको छ । रासस 
 

salt training

कमेन्ट गर्नुहोस्