
चर्चित कमेडी टिभी शो ’कमेडी क्लब विथ च्याम्पियन’को प्रसारण स्थगन भएको छ ।
६९ एपिसोडपश्चात शोको प्रसारण स्थगन गरिएको हो ।
च्याम्पियनका प्रमुख विशाल भण्डारीले यसबारे जानकारी गराएका हुन् । यद्यपि, छोटो विश्रामपछि हाँसोको फोहरा छुटाउन आउने प्रतिबद्धता भने भण्डारीले जनाएका छन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘हाम्रो टिम कमेडी च्याम्पियन सिजन ३ लिएर चाँडै आउँदै छौँ । माया र साथ कायम रहोस् । हाँस्ने र हँसाउने क्रम जारी रहने छ ।’