२२ असार २०८३, सोमबार
युवा नेताहरूको पहलकदमी

दुईपटक मात्र प्रधानमन्त्री बन्न मिल्ने सुझावसहित कांग्रेस रूपान्तरण अभियानले बुझायो प्रतिवेदन

साउन २, २०८०
काठमाडौं
दुईपटक मात्र प्रधानमन्त्री बन्न मिल्ने सुझावसहित कांग्रेस रूपान्तरण अभियानले बुझायो प्रतिवेदन

नेपाली कांग्रेस रूपान्तरण अभियानले प्रतिवेदन बुझाएको छ ।

सातै प्रदेशमा पुगेर अन्तरक्रिया गरी प्राप्त सुझाव समेटेर कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेललाई मंगलवार प्रतिवेदन बुझाइएको हो ।

२१ बुँदे सुझावसहितको प्रतिवेदनमा पार्टीको सैद्धान्तिक र वैचारिक मौलिकता रक्षा गर्नुपर्ने, समयसापेक्ष, स्पष्ट र जनमुखी नीति निर्माण गर्नुपर्ने लगायतका विषय उल्लेख छ ।

हरेक तहका सभापति अधिकतम २ कार्यकाल मात्र पदमा रहन पाउनुपर्ने तथा एउटै व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नहुने सुझाव प्रतिवेदनमा समेटिएको छ ।

जबकि कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं ५ पटक प्रधानमन्त्री भइसकेका छन् । देउवा संसद्को यही कार्यकालमा छैठौंपटक प्रधानमन्त्री बन्ने प्रयासमा देखिन्छन् ।

गुरुराज घिमिरेसहितका युवा नेताहरूले कांग्रेस रूपान्तरणका लागि भन्दै देशभर पुगेर अन्तरक्रिया तथा छलफल गरेका थिए ।

प्रतिवेदन पार्टी सभापति देउवालाई नै बुझाउन समय मागे पनि समय नदिएपछि पार्टी कार्यालयमा बुझाइएको अभियानले जनाएको छ ।

हेर्नुहोस्, प्रतिवेदनको पूर्णपाठ :


 

salt training

कमेन्ट गर्नुहोस्