२८ जेठ २०८३, बिहीबार
कांग्रेस केन्द्रीय समिति बैठक

केन्द्रीय समितिमा रमेश लेखकको रिपोर्टिङ- प्रतिपक्षीमा एमाले आक्रामक र अधैर्य छ, अरु अपरिपक्व

साउन २, २०८०
काठमाडौं
केन्द्रीय समितिमा रमेश लेखकको रिपोर्टिङ- प्रतिपक्षीमा एमाले आक्रामक र अधैर्य छ, अरु अपरिपक्व

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्‍मा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) आक्रामक रहेको टिप्पणी गरेका छन् ।

जारी केन्द्रीय समिति बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै सचेतक लेखकले एमाले आक्रामकसँगे अधैर्य पनि रहेको रिपोर्टिङ गरेका हुन् ।  'प्रतिपक्ष आक्रामक छ । आक्रामक मात्रै होइन, परिपक्व त छ । तर कहिलेकाँही अधैर्य देखिन्छ,' उनले भने । 

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सहित नयाँ दलहरू आक्रामकसँगै अपरिपक्व रहेको उनले टिप्पणी गरे । 'अरु प्रतिपक्ष आक्रामक पनि छन् । अधैर्य पनि छन् । संसदीय अभ्यासमा नयाँ भएकाले यदाकदा अपरिपक्वता देखिरहेको अवस्था छ,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्