०४ असार २०८३, बिहीबार

१९ वर्षीया किशोरीलाई प्रयोग गरी लागूऔषध कारोबार गर्ने १ जना पक्राउ

साउन २, २०८०
पर्सा
१९ वर्षीया किशोरीलाई प्रयोग गरी लागूऔषध कारोबार गर्ने १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

१६ वर्षीया किशोरीलाई प्रयोग गरी लागूऔषध कारोबार गरेको अभियोगमा पर्साको धोबीनी गाउँपालिका–५ बस्ने २७ वर्षीय फैज उल्लाह साहलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–९ त्रिभुवन विमानस्थल कार्गो कम्प्लेक्सबाट अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको अवैध लागूऔषध गाँजा २ किलोग्राम लिन गएकी १६ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा ती किशोरीलाई साहले परिचालन गरी लागूऔषधको कारोबार गरेको खुल्न आएपछि साहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका साहउपर जिल्ला अदालत काठमाडौंबाट म्याद लिई लागूऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्