०४ असार २०८३, बिहीबार

भन्सार छलेर ल्याएको सामान बरामद

साउन ३, २०८०
पर्सा
भन्सार छलेर ल्याएको सामान बरामद

पर्सा प्रहरीले भन्सार छली चोरीपैठारी गरी ल्याएको सामान बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय बिर्ताको टोलीले लेडिज कुर्था सुरुवाल ७९ पिस, लेडिज सल २०६ पिस, लेडिज कुर्थाको थानवाला कपडा ४० थान, सुतिको थान कपडा १० थान, साडी १० पिस गरी जम्मा अन्दाजी मूल्य २ लाख ५० पचास रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।

प्रहरी चौकी ईनर्वाको टोलीले अन्दाजी मूल्य ७५ हजार २०० रुपैयाँको कुर्ता सुरुवाल थान कपडा ८ थान बरामद गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

भन्सार छली चोरीपैठारी गरी ल्याइएका सामानहरू बरामद गरी आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्