०६ साउन २०८३, बुधबार
एसीसी इमर्जिङ एसिया कप

१५७ रनमै समेटियो यूएई 'ए', कुशल एक्लैले लिए ६ विकेट

साउन ३, २०८०
काठमाडौं
१५७ रनमै समेटियो यूएई 'ए', कुशल एक्लैले लिए ६ विकेट

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई 'ए' ले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ । कोलोम्बोमा जारी खेलमा यूएई ४४ ओभरमा १५७ रन बनाउँदै अल आउट भयो । 

यूएईका लागि लभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए । उनीबाहेक अन्य ब्याट्स्मेनले २० रन कटाएनन् । 

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६ विकेट लिए । त्यस्तै श्याम ढकालले दुई, कुशल मल्ल र पवन सर्राफले समान एक/एक विकेट लिए । 

समूह बी मा रहेका नेपाल र युएई ए दुवै समूह चरणबाट बाहिरी सकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्