२८ जेठ २०८३, बिहीबार
अवैध संरचनामा महानगरको डोजर

अनामनगरका अनधिकृत संरचनामा महानगरको डोजर, झण्डै ६ रोपनी जग्गा खाली गराइँदै

साउन ३, २०८०
काठमाडौं
अनामनगरका अनधिकृत संरचनामा महानगरको डोजर, झण्डै ६ रोपनी जग्गा खाली गराइँदै

काठमाडौंको अनामनगरस्थित घट्टेकुलो क्षेत्रमा रहेको भद्रकुमारी घले सेवा सदनमा रहेका ६ वटा अवैध भवनमा काठमाडौं महानगरले डोजर चलाउने भएको छ । सेवा सदनको करिब ६ रोपनी क्षेत्रफलमा रहेका अवैध संरचना महानगरले भत्काउन शुरू गरेको हो । 

५ रोपनी १२ आना क्षेत्रफलमा रहेका संरचना अवैध रहेकोले भत्काउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । 

आश्रमका घरमा रहेका सटर खाली गरिसकिएको छ भने स्कुललाई अन्यत्र सार्ने तयारी रहेको भद्रकुमारी शिक्षा सदनलाई अन्यत्र सार्ने तयारी रहेको पाण्डेले बताए । समाजसेवी घलेले नै अनधिकृत संरचना अटाउन अनुमति दिएको पाण्डेले बताए ।   

salt training

कमेन्ट गर्नुहोस्