०४ साउन २०८३, सोमबार

यूएई 'ए'विरुद्ध चौथो विकेट पतन

साउन ३, २०८०
काठमाडौं
यूएई 'ए'विरुद्ध चौथो विकेट पतन
फाइल फोटो

एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत यूएई 'ए'विरुद्ध नेपालको चौथो विकेट पतन भएको छ ।

१ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा ४ विकेट गुमाएर १२४ रन जोडेको छ ।

कुशल भुर्तेल ७१, देव खनाल र सन्दीप जोरा समान २४ रनमा आउट हुँदा अर्जुन साउदले रनको खाता खोल्न पनि सकेनन् ।

यसअघि कुशल भुर्तेलले ६ विकेट लिएपछि यूएई १५७ रनमै समेटिएको थियो ।

उनका अलावा श्याम ढकालले २ तथा पवन शर्राफ र कुशल मल्लले १/१ विकेट लिएका थिए । 

प्रतियोगितामा दुवै टीम सान्त्वना जीतको खोजीमा छन् ।

कमेन्ट गर्नुहोस्