११ साउन २०८३, सोमबार
कोशी नामकरण विवाद

कोशी नामकरणबारे कांग्रेस केन्द्रीय सदस्यको आक्रोश– ओलीको लहैलहैमा लाग्यौं, गाउँमा जान सक्ने अवस्था छैन

साउन ३, २०८०
काठमाडौं
कोशी नामकरणबारे कांग्रेस केन्द्रीय सदस्यको आक्रोश– ओलीको लहैलहैमा लाग्यौं, गाउँमा जान सक्ने अवस्था छैन

कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलन सम्बोधन गर्नेतर्फ पार्टीले ध्यान नदिएको भन्दै कांग्रेस केन्द्रीय सदस्यले आक्रोश व्यक्त गरेका छन् । प्रदेशको नामाकरणविरुद्ध भइरहेको आन्दोलन सम्बोधन गर्नैतर्फ नलागे कांग्रेस अर्कोपटक चुनावमा नगए पनि हुने केन्द्रीय सदस्य केशव बुढाथोकीले चेतावनी दिए । 

केन्द्रीय समितिको दोस्रो दिनको बैठकलाई बुधवार सम्बोधन गर्दै बुढाथोकीले कोशी प्रदेशको नामकरण सवालमा कांग्रेस केपी ओलीका लहैलहैमा लागेको आरोप लगाएका हुन् । 

‘पूर्वाञ्चलको नामकरण स्पष्ट हुनसकेको छैन, ६ वटा प्रदेशको नाममा सहमति भए पनि प्रदेश १ मा ठूलो विवाद छ । यहाँ पार्टी बोलेन, हाम्रो उपस्थिति छैन, हाम्रो उपस्थिति भए यो विषयमा कांग्रेस बोल्थ्यो’ झापाका केन्द्रीय सदस्य बुढाथोकीले भने, ‘नामकरणमा केपी  ओलीजीले कोशी प्रदेश राख्नुभयो, हामी लहैलहैमा लाग्यौं, जनताले त्यो कुरा स्वीकारेको छैन । आज कोही पनि नेता गाउँमा जान सकेको छैन । महामन्त्रीजी प्रतिवेदनमा के छ कोशीबारे ? हामी यत्तिकै झमेलामा बसिराख्छौं सभापतिज्यू ?’

कोशी नामकरणलाई लिएर लामो समयदेखि पहिचान पक्षधरले आन्दोलन गरेका छन् । ‘बेलैमा नामकरणको बारेमा आन्दोलनकारीसँग छलफल नगरे कांग्रेस चुनावमा नजाऔं, भोट पनि पाउँदैन । यसलाई गम्भीर रूपले लिनुपर्छ’ बुढाथोकीले भने ।

salt training

कमेन्ट गर्नुहोस्