०३ साउन २०८३, आइतबार

हटेन ल्याण्डफिल्ड साइटको अवरोध : आन्दोलित स्थानीयसँगको छलफल विना निष्कर्ष सकियो

साउन ३, २०८०
काठमाडौं
हटेन ल्याण्डफिल्ड साइटको अवरोध : आन्दोलित स्थानीयसँगको छलफल विना निष्कर्ष सकियो

ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयबासी र शहरी विकास मन्त्रालय बिचको बैठक विना निष्कर्ष सकिएको छ । ल्याण्डफिल्ड साइट प्रमुख रविन्द्र बोहोराले सरोकारवाला र सरकारबीच भएको छलफल विना निष्कर्ष सकिएको बताए । बैठकमा नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र स्थानीयवासीहरू र शहरी विकासमन्त्री सीता गुरुङसहित सहभागी थिए ।  

छलफलमा काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले निष्कर्षमा पुग्न नसकेको उनले बताए । काठमाडौं महानगरसँग छलफलगरी निचोडमा पुग्ने उनले बताए । 


ककनी गाउँपालिका वडा न. ३ वडा अध्यक्ष धनराज बजगाईंले बैठकमा कुनै निष्कर्ष निस्किन नसकेको बताए । आइतवार काठमाडौं महानगरलगायत १७ वटा स्थानीय तहसँग छलफल गर्ने तयारी रहेको उनले बताए । उक्त बैठकपछि मात्रै फोहोरमैला व्यवस्थापन कसरी गर्ने निष्कर्षमा पुग्ने उनले बताए । 

तत्कालका लागि अव्यवस्थित रूपमा फालिएको फोहोरलाई तत्काल व्यवस्थापन गर्ने मन्त्रालयले प्रतिवद्धता जनाएको उनले बताए । 

वातावरण प्रभाव मूल्याङ्कनको लागि नास्टका वैज्ञानिक डा. भोजराज पन्तको अध्यक्षतामा बिहीवारदेखि फिल्डमा जाने सहमति भएको छ । अव्यस्थित रूपमा फालिएको फोहोर व्यवस्थापन नगरेसम्म काठमाडौं उपत्यकाको फोहोर ल्याण्डफिल्ड साइटमा जान नदिने उनले दोहोर्‍याए ।
 

salt training

कमेन्ट गर्नुहोस्