
भ्रातृ संगठनमा श्रीमती, छोराछोरी, पीए र आफन्त भर्ती गरिएको भन्दै कांग्रेस केन्द्रीय सदस्यले आपत्ति जनाएका छन् ।
बुधवार बसेको कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले ७ जना केन्द्रीय सदस्यले आफ्ना पीएलाई तरुण दलमा राखेको भन्दै आपत्ति जनाएका हुन् ।
‘भ्रातृ संगठनमा मेरो छोरा–छोरी र महिला संगठनमा श्रीमती राख्दिनुस् ! यही त रहेछ, संगठन गर्ने पारा ! ७ जना केन्द्रीय सदस्यका छोरा, छोरी, पीए तरुण दलमा परेछन्’ बुढाथोकीले ठट्टा गर्दै भने ।
बुढाथोकीले बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको कार्यशैलीको पनि आलोचना गरेका थिए ।