
ऐना सवैको घर र कोठामा हुने सामाग्रीमा पर्छ । व्यक्तिले आफूलाई आकर्षक र सुन्दर बनाउनका लागि ऐनाको प्रयोग गर्छ । महिलाले ऐनालाई विशेष महत्व दिन्छन् ।
तर वास्तुशास्त्र अनुसार सही स्थानमा ऐन राखिएन भने वा गलत स्थानमा राखिएको ऐना हेरेको खण्डमा त्यसको नकारात्मक प्रभाव पर्न जान्छ ।
मिलाएर र सही दिशामा राखिएको ऐनाले वास्तुदोष हट्छ । त्यही भएका कारण यस्ता गल्ती नगर्नुहोला जसका कारण हानी पुग्छ । अर्थात ऐना राख्दा विशेष ख्याल गर्नु आवश्यक रहेको वास्तुशास्त्रले जनाएको छ ।
एने भित्तामा राख्दा मात्र होइन किन्दा समेत विशेष ध्यान दिन आवश्यक छ । आफ्नो अनुहार प्रस्ट देखिने दाग नलागेका ऐन किन्नु होला । धमिलो र विकृत अनुहार देखिने ऐनाले शरीरमा नकारात्मक उर्जाको प्रभाव सञ्चार गर्छ । जसले रोग समेत बढाउछ ।
वास्तुविज्ञान अनुसार ऐनालाई घरको उत्तर र पूर्वतर्फको भित्तामा राख्नुपर्छ । व्यापार व्यवसायमा घाटा र आर्थिक हानिलाई हटाएर धनवृद्धि गराउँछ ।
ऐना जति हलुका र ठूलो हुन्छ, वास्तुविज्ञानअनुसार त्यत्तिनै लाभदायक हुन्छ । घरमा सुखसमृद्धि बढाउनका लागि ढोकाअघि सानो गोलो ऐना राखेको राम्रो हुन्छ ।
शयनकक्षको ढोकाअघि ऐना लगाउँदा लाभप्रद हुन्छ । तर प्रवेशद्वारको अगाडि ऐना नलगाउनुस्, अन्यथा हानि हुन्छ । वास्तुविज्ञानअनुसार त्यहाँ ऐना लगाउँदा सकारात्मक ऊर्जा ऐनामा ठोकिएर फर्किन्छ ।
शयनकक्षभित्र चाहिँ ऐना नराखेको राम्रो हुन्छ । यहाँ ऐना राख्दा पतिपत्नीको सम्बन्धमा विश्वासको कमी हुन्छ र मतभेद बढ्छ ।