११ साउन २०८३, सोमबार

आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान

साउन ४, २०८०
काठमाडौं
आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

बिहीवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हावाहुरी, भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी र बागमती प्रदेशका १–२ स्थानमा हल्का वर्षा भइरहेको छ ।

बिहीवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिहीवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका १–२ स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भूभागका १–२ स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भूभागका १–२ स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भूभागका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्