
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महामन्त्री गगन थापाको जन्मदिन मनाइएको छ । केन्द्रीय समितिको तेस्रो दिनको बैठकको अन्तिममा गगनको जन्मदिनको केक काटिएको हो ।
तेस्रो दिनको बैठक समापन गर्नुअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगनको जन्मदिन मनाउने आत्मीय क्षणमा रहेको बताएका थिए ।
‘आदरणीय साथीहरू, आज हामी विशेष आत्मीय क्षणमा जोडिदै छौं, बर्थ डे सेलिब्रेसन गर्ने क्रममा छौं । गगनजीको जन्मदिन मनाएर आज छुट्टिन्छौ’ शर्माले भने । समारोहमा पार्टी सभापति शेरबहादुर देउवालगायत सहभागी थिए ।
देउवाले केक काटेर खुवाए भने सदस्यहरूले खादा ओडाएका थिए । २०३३ साउन ४ गते जन्मेका गगनकी पत्नीको पनि आजै जन्मदिन परेको छ ।