११ साउन २०८३, सोमबार

श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घे भारत भ्रमणमा

साउन ४, २०८०
काठमाडौं
श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घे भारत भ्रमणमा

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे भारतको दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार दिल्ली आइपुगेका छन् ।

भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरनले विक्रमासिङ्घेलाई विमानस्थलमा स्वागत गरे । 

श्रीलङ्काका राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा कलाकारले गुजराती नृत्यको एक रूप (गरबा) प्रदर्शन गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति विक्रमासिङ्घे भारतको औपचारिक भ्रमणमा आएका हुन् । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विक्रमासिङ्घेको भ्रमणले भारत र श्रीलङ्काबीचको लामो समयदेखिको साझेदारीलाई थप मजबुत बनाउने बताए । 
 
विक्रमासिङ्घेले पदभार ग्रहण गरेयता उनको यो पहिलो भारत भ्रमण हो । 
 

salt training

कमेन्ट गर्नुहोस्