
रोल्पामा गएराति चट्याङ पर्दा एक वडासदस्यको मृत्यु भएको छ ।
सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको चट्याङमा परेर निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।
चट्याङमा परी अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस स्थानतर्फ प्रहरी जाँदै गरेको उनले बताए ।